अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रको ताजा अवस्था अध्ययन गरी श्वेतपत्र जारी गर्ने बताएका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँगको अन्तर्क्रिया कार्यक्रममा उनले श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन्।
उनले भने, ‘अर्थतन्त्रको अध्ययन गर्दै छु, यो सकिएपछि आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्छु।’
यसैबीच, उनले पूर्ववर्ती सरकारले ल्याएको बजेट नै संसदमा टेबल गर्ने भएका छन्।
कार्यक्रममा उनले भने, ‘बजेट संसदमा साउन ३ गते नै टेबल गर्छु, संसदले के गर्छ, त्यही ढंगले अघि बढ्छु।’
संसदले संशोधनसहित अहिलेकै बजेट कार्यान्वयन गर्न भन्यो भने त्यहीअनुसार आफू अघि बढ्ने उनले बताए।
75
Shares

प्रतिक्रिया