कोरोनाविरुद्ध चिनियाँ खोप लिन आज (बिहीबार) नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज चीन जाने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘भेरोसेल’ खोप लिन आज साँझ जहाज चीन जाने भएको हो।
साउन ८ गतेसम्म तीनपटक गरेर जहाजले खोप नेपाल ल्याउनेछ। जसअनुसार दोस्रो उडान यही असार ३१ गते र तेस्रो उडान आगामी साउन ७ गते हुनेछन्।
चीनस्थित सिनोफार्म कम्पनीले बनाएको भेरोसेल खोप खरिद गरेको सरकारले सरकार–सरकार (जीटुजी)मार्फत खोप ल्याउन लागेको हो।
अब ल्याइने भेरोसेल खोप लगाउँदा ६० वर्ष मुनिका नागरिकलाई प्रथामिकता दिइने मन्त्रालयले जनाएको छ।
69
Shares
प्रतिक्रिया