कारोबार


स्मार्ट टेलिकमको ‘२ पछि फ्रि’ अफर, २ मिनेटपछि निःशुल्क कुराकानी गर्न पाइने

स्मार्ट टेलिकमको ‘२ पछि फ्रि’ अफर, २ मिनेटपछि निःशुल्क कुराकानी गर्न पाइने

नेपालखबर
असार २१, २०७८ सोमबार २२:१७,

स्मार्ट टेलिकमले नेपालको टेलिकमजगतमै पहिलोपटक ऐतिहासिक ‘दुईपछि फ्री’ अफर ल्याएको छ ।

अफरअन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो दुई मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिनेछ । त्यसपछि दुई मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ ।

कोरोना महामारीका कारण लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा ग्राहक वर्गहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनी यसखालको सेवा अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ । यस अफरले ग्राहक वर्गमा थप उत्साह र उमंग छाउनेमा आफूहरु विश्वस्त रहेको कम्पनीले विश्वास व्यक्त गरेको छ ।

स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाइसँग मन खोलेर अनलिमिटेड कुराकानी गर्न सक्ने कम्पनीको भनाइ छ ।

अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।

‘स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरूको व्यावसायिक, सामाजिक तथा व्यक्तिगत जीवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको सञ्चारसँगको असीमित पहुँच अझ सहज हुनेछ’, स्मार्ट कम्पनीले भनेको छ ।

यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरूले निःशुल्क ८१४१८१८५८१३ डायल गर्नुका साथै थप जानकारीको लागि १४२४२-९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad