कारोबार


राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा रामशरण पुडासैनी

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा रामशरण पुडासैनी

नेपालखबर
असार २१, २०७८ सोमबार १७:५३,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। 

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए।

अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन्।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .