प्रवास


लन्डनको अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल-४ नजिकै एक नेपालीको मृत्यु

लन्डनको अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल-४ नजिकै एक नेपालीको मृत्यु

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १०:४८, काठमाडौँ

बेलायतको हिथ्रो विमानस्थल नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक नेपाली युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीय रोशन अधिकारी रहेका छन् ।

बुधबार, फेब्रुअरी ४ बिहान करिब ८ बजे हिथ्रो विमानस्थलको टर्मिनल ४ नजिकै पर्ने सिल्यान्ड रोडमा अधिकारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकको बारियरमा ठोक्किएको थियो। मेट्रोपोलिटन प्रहरीका अनुसार दुर्घटनालगत्तै लन्डन एम्बुलेन्स सेवा र फायर ब्रिगेडसहितको आपतकालीन टोली घटनास्थल पुगेको थियो। 

प्यारामेडिकहरूले उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् र घटनास्थलमै मृत घोषणा गरिएको थियो।

दुर्घटनापछि अनुसन्धान र सडक व्यवस्थापनका लागि साउदर्न पेरिमिटर रोड करिब ६ घण्टासम्म बन्द गरिएको थियो। मेट्रोपोलिटन प्रहरीका प्रवक्ताले यो 'एकल सवारी दुर्घटना' भएको पुष्टि गर्दै मृतकका परिवारलाई जानकारी गराइसकिएको बताएका छन्। प्रहरीका विशेष अधिकारीहरूले अहिले शोक सन्तप्त परिवारलाई आवश्यक सहयोग र परामर्श दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad