ad ad

प्रवास


पोल्यान्डमा नेपालीको रेस्टुरेन्टलाई सर्वोत्कृष्ट अवार्ड

पोल्यान्डमा नेपालीको रेस्टुरेन्टलाई सर्वोत्कृष्ट अवार्ड

नेपालखबर
पुस २७, २०७८ मंगलबार १८:३४, काठमाडौँ

नेपाली व्यवसायीले पोल्यान्डमा सञ्चालन गरेको 'स्नेहराज टच अफ इन्डिया'ले सर्वोत्कृष्ट रेस्टुरेन्ट-२०२१ अवार्ड जितेको छ।

स्नेहराज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्यान्डका संस्थापक सदस्य तथा एनआरएनए पोल्यान्डका पूर्व अध्यक्ष व्यवसायी नरेश सापकोटाद्वारा सञ्चालित रेस्टुरेन्ट हो। 

पोल्यान्डको प्रख्यात कम्पनी ओरवेद्वारा स्नेहाजलाई पोल्यान्ड देशकै सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड प्रदान गरेको हो।

ओरवेको मूल्याङ्कनमा स्नेहाजले १३ दशमलव १५ अङ्क प्राप्त गरेको सापकोटाले बताए।

'स्नेहराज रेस्टुरेन्ट अघिल्लो पटक होज प्रान्तको मात्र उत्कृष्ट रेस्टुरेन्टको अवार्ड प्राप्त गरेको थियो यस पटक पोल्यान्डकै सर्वोत्कृष्ट रेस्टुरेन्टसहित गोल्ड प्राप्त गरेका हौँ', उनले भने, ‘विदेशी भूमिमा विदेशीहरूसँगको व्यवसायमा प्रतिस्पर्धा गरेर अवार्ड पाउँदा गौरव महसुस गरेको छु।’

१७ वर्षदेखि स-परिवार पोल्यान्ड रहँदै आएका सापकोटा सफल नेपाली व्यवसायी हुन्। उनको  स्नेहराज टच रेस्टुरेन्टले पोल्यान्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनी पिएसनेद्वारा प्रदान गरिने होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२० र ओरेवेद्वारा प्रदान गरिने होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड जितेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .