भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले लेखक तथा उपन्यासकार लीलबहादुर क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका छन्।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष कार्यक्रममा उनलाई राष्ट्रपति कोबिन्दले सम्मान गरेका हुन्।
क्षेत्रीका ‘बसाइँ’ र ‘ब्रम्हपुत्रका छेउछाउ’ लगायत उपन्यास चर्चित छन्।
सिक्किमका नेपालीभाषी खेलाडी तरुणदीप राई र अर्का नेपालीभाषी सुटिङ खेलाडी जितु राईले समेत पद्मश्री पुरस्कार पाए।
627
Shares
प्रतिक्रिया