ad ad

प्रवास


बेलायतमा भिक्टोरिया क्रस विजेता पहिलो गोर्खा कुलवीर थापाको शालिक

बेलायतमा भिक्टोरिया क्रस विजेता पहिलो गोर्खा कुलवीर थापाको शालिक

नेपालखबर
असोज १०, २०७८ आइतबार १३:२५, काठमाडौँ

बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक बेलायतको अल्डरसटमा अनावरण गरिएको छ ।

अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा निर्मित सालिक शनिबार बौद्ध परम्परा अनुसार लामा र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गरेपछि अनावरण गरिएको हो।

बेलायती रक्षा एवम् भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले  उक्त शालिक अनावरण गरे।

उक्त कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरुले शालिकमा माल्यार्पण गर्दै दिवंगत गोर्खाहरुलाई सम्झिएका थिए।

उक्त शालिक ग्रेटर रसमोर नेपलिज कम्युनिटीको अगुवाइमा नेपाली र विदेशीबाट चन्दा बटुलेर बनाइएको हो। 

प्रोजेक्ट म्यानेजर क्याप्टेन रिटायर्ड ग्यारी घलेले शालिक बनाउन १ लाख ७० हजार पाउण्ड खर्च भएको बताए। यो शालिक बनाउने कलाकार एमी गुडम्यानलाई करिब ७५ हजार पाउण्ड दिइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .