गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्।
रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी एमाले केपी ओली समूहका हुन्।
अध्यक्षकी उम्मेदवार थापाले आफू आइसीसीको अध्यक्षमा योग्य भएकाले उम्मेदवार दिने बताइन्।
विश्वभरका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ।
तीन उम्मेदवारमा थापाले आफूलाई तुलनात्मक रुपमा बलियो बताउने गरेकी छन्।
उता अघिल्लो सम्मेलनमा कुमार पन्तसँग पराजित कुल आचार्यले पनि आफ्नै जित हुने दाबी गरिरहेका छन्।
यसअघि उम्मेदवारी घोषणा गर्दै बद्री केसीले एनआरएनएमा आफ्नो नेतृत्वले गति लिने तर्क गरेका छन्।
Shares
प्रतिक्रिया