ad ad

प्रवास


एनआरएनए अध्यक्षमा उठ्ने डा. बद्री केसीको घोषणा

एनआरएनए अध्यक्षमा उठ्ने डा. बद्री केसीको घोषणा

नेपालखबर
भदौ १५, २०७८ मंगलबार १३:५, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

केसीले गैरआवासीय नेपाली संघको आगामी अक्टोबर तेस्रो साता हुने १० औं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिने उनले बताए। 

डा. केसीले संस्थागत सुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधी, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिवद्धता जनाए।

सन् २००३ देखि एनआरएन अभियानमा होमिएका डा. केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए। 

त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे। 

सन् २००९-२०११, २०११-२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३-२०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९-२०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ। 

अक्टोaर २३ देखि २५ सम्म हुने अधिवेशनले संघको २ वर्षको लागि नयाँ नेतृत्वको चयन गर्नेछ। 

अध्यक्ष पदका लागि अमेरिकास्थित रविना थापा र बेलायतका व्यवसायी कुल आचार्यलेसमेत उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .