वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका २४ जना नेपालीको शव शनिबार काठमाडौं ल्याइएको छ। ती शवसँगै मलेसियामै दाहसंस्कार गरिएका अन्य तीनजना नेपली युवाको अस्तु पनि नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले ल्याएको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत ती शव ल्याइएको हो। सबै शव र अस्तुलाई त्रिभुवन विमानस्थलबाटै आफन्तको जिम्मा लगाइएको छ।
183
Shares
प्रतिक्रिया