ad ad

अपराध


सर्लाहीमा पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित युवक पक्राउ

सर्लाहीमा पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित युवक पक्राउ

नक्कली नोटसहित अभियुक्त


नेपालखबर
चैत २६, २०७९ आइतबार ६:३७, सर्लाही

सर्लाही प्रहरीले झण्डै पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित युवकलाई पक्राउ गरेको छ। 

बरहथवा नगरपालिका-१७ स्थित बागमती सिँचाइ नहरबाट सर्लाहीको बलरा नगरपालिका- ५ अर्नाहा निवासी ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले रायलाई पक्राउ गरेको जिप्रका सर्लाहीका डीएसपी कैलाश राईले जानकारी दिए। 

रायको साथबाट हजार दरका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट, नोट आकारको कागजको बन्डल २४ थान र प्रिन्ट पेपर दुई रिम बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले राय सवार बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल र सोही ठाउँमा रोकिराखेको बीआर ३० ए ५९६८ नम्बरका दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .