अपराध


धनुषामा थुनुवा फरार प्रकरण : ३ प्रहरी निलम्बन, इप्रकामा नयाँ इन्स्पेक्टर पठाइने

धनुषामा थुनुवा फरार प्रकरण : ३ प्रहरी निलम्बन, इप्रकामा नयाँ इन्स्पेक्टर पठाइने

जयन्त ठाकुर
माघ १७ , जनकपुरधाम

धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवाहरू फरार भएपछि ३ जना प्रहरीलाई निलम्बन गरिएको छ।

सोमबार इप्रकाको हिरासत फोडेर ६ अभियुक्त भागेपछि हिरासत कक्ष अधिकृतसहित ३ प्रहरीलाई निलम्बन गरिएको हो।

घटनामा जोडिएका इप्रका महेन्द्रनगरको हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमन तिम्सिनाले जानकारी दिए।

यसका साथै थुनुवा फरार घटनाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको छ। 

यता जिल्ला प्रहरी कार्यालय धनुषाले समेत प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। 

थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेवारी नयाँ प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई छिट्टै दिइने प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए। 

‘इन्सपेक्टर बेचन यादवलाई जिम्मेवारीबाट हटाइसकिएको छैन’, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने,  ‘नयाँ इन्सपेक्टर आएलगत्तै जिम्मेवारीबाट मुक्त गरिने वा निलम्बन गरिने विषयमा निर्णय लिइनेछ।’

सोमबार इप्रका महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँकी ५ जना भने अझै भेटिएका छैनन्। 

फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न प्रहरी सफल भएको हो। मिथिला नगरपालिका वडा नम्बर ६का २८ वर्षिय महतोलाई साँझ ६ बजे पुनः पक्राउ गरेको हो। उनीविरुद्ध हातहतियार खरखजाना मुद्दा छ। महतोलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर  सार्वजनिक गरेको थियो।  

यता फरार रहेका बाँकी ५ जना थुनुवा खोजीलाई प्रहरीले तीव्र पारेको छ। हातहतियार मुद्दाका शंकर सिंह, लागुऔषध मुद्दा लागेका विनोदकुमार शर्मा र अमित मण्डल र राष्ट्र सेवक बाधा मुद्दाका रोशन यादव र हरिदीप सिंह अझै फरार छन्।

माघ १७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.