अपराध


रुपन्देहीमा बलात्कार प्रयास आरोपमा दुई युवक पक्राउ

रुपन्देहीमा बलात्कार प्रयास आरोपमा दुई युवक पक्राउ

बलात्कार प्रयास आरोपमा पक्राउ परेका दुई अभियुक्त


नेपालखबर
पुस २३, २०७९ शनिबार १२:९, बुटवल

रुपन्देहीमा जबर्जस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको कञ्चन गाउँपालिका र सैनामैना नगरपालिकामा भएको छुट्टाछुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन्। 

सुस्त मनस्थिथि भएकी महिलालाई बलात्कार गर्न खोजको आरोपमा कञ्चन गाउँपालिका वडा नं ३ का ३० वर्षीय राजेन्द्र अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। 

यही पुस २१ गते साँझ शारीरिक अपांगता र सुस्त मनस्थिति भएकी २३ वर्षीया युवतीको घरमा गई अरू कोही नभएको मौका छोपी जबर्जस्ती शौचालयमा लगी उनले बलात्कार गर्न खोजेको प्रहरीको भनाइ छ।

यस्तै रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ कि १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले मधु सोमरेलाई पक्राउ गरेको छ। 

अभिभावक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने बाहनामा घरमा आई जबर्जस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगमा छुने, चलाउने गरेको प्रहरीको भनाइ छ। 

बालिकाको आमा विदेशमा भएको र बुवा पनि घरमा नभएको मौका पारी आफूलाई जबर्जस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि प्रहरीमा खबर पुगेको थियो।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको ेरुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .