त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्विडिस नागरिकलाई पक्राउ गरिएको छ।
मंगलबार काठमाडौँबाट चीन जान लागेकी स्विडिस नागरिक कुन्चोक खान्ड्रोलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए। उनको झोलामा विदेशी मुद्रा लुकाई छिपाई राखेको भेटिएको नेउपानेले बताए।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार, उनीसँग अमेरिकी डलर १० हजार पाँच सय, युरो २६ हजार सात सय, चिनियाँ युआन ७ हजार चार सय र स्विडेनको क्रोनर ४३ हजार भेटिएको छ। बरामद गरिएको मुद्रा र उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ।
54
Shares

प्रतिक्रिया