जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सर्लाही-३ का उम्मेदवार डा. जयप्रकाश यादवलाई गालीगलौज गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको बागमती नगरपालिका–१२ स्थित आनन्द होटलमा खाजा खान गएको वेला डा. यादवलाई स्थानीय ३२ वर्षीय प्रशान्त वाईवाले गालीगलौज गरेका थिए। उनले दुर्व्यवहार गर्दै हातपात गर्न खोजेका थिए।
उनलाई अभद्र व्यवहार कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले बताए। जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राख्न सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी दिएका छन्।
48
Shares

प्रतिक्रिया