बाल यौन दुरुपयोगमा दोषी ठहर भई कारगारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ।
आफूले सफाइ पाउनुपर्ने माग गरिएको पलको मुद्दा उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासमा सुनुवाइ हुने भएको हो।
उक्त इजलासको दोस्रो नम्बरमा पेसी तोकिएको छ र आज सुनुवाइ हुने भएको पलका वकिल कमलामोहन वाग्लेले जानकारी दिए।
जिल्ला अदालत नवलपुरले जबर्जस्ती करणी मुद्दामा पल शाहलाई सफाइ दिएको थियो। तर बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई साढे २ वर्ष कैदको फैसला गरेको छ।
पलले आफूलाई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका हुन्। यस्तै सरकारी वकिल कार्यालयले भने पललाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै पुनरावेदन गरेका हुन्।
दुवै पक्षको पुनरावेदनमा उच्च अदालतले आज फैसला दिने सम्भावना छ।
Shares

प्रतिक्रिया