अपराध


लोत्से मलमा लुटेको आरोपमा एक युवक भैरहवामा पक्राउ

लोत्से मलमा लुटेको आरोपमा एक युवक भैरहवामा पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन ६, २०७९ शनिबार ६:२१, भैरहवा

काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ। रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की छन्। कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताए। 

फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो। मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए। 

सोही घटनामा फरार भएको भन्दै प्रहरीले आरोपित कार्कीलाई सिद्धार्थनगर–३ बाट बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले बताए। कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित आवश्यक कारबाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगन्ज काठमाडौँ पठाइएको अर्यालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .