ad ad

अपराध


छिमेकीले छोराको हत्या गरे अनि बुबासँग खोज्न थाले...

छिमेकीले छोराको हत्या गरे अनि बुबासँग खोज्न थाले...

नेपालखबर
माघ ६, २०७९ शुक्रबार १८:१, रौतहट

रौतहटमा बालक हत्याका दुई आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। मंसिर २५ गते माधवनारायण नगरपालिका ८ का जयप्रसाद कुशवाहाका ९ वर्षीय छोरा आशनारायण प्रसाद कुशवाहा आफ्नै घरबाट हराएका थिए। 

खोजतलास गर्ने क्रममा उनको शव पुस १ गते पौने ५ बजे सोही ठाउँस्थित बागमती खोलामा फेला परेको थियो। 

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय संजय कोइरीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। 

रौतहटका डीएसपी सुनिल मल्लका अनुसार घटनाका बारेमा उनीहरुबाट थप तथ्य समेत खुलेको छ। पुरानो रिसइवीका कारण बालकको हत्या गरेको बताएका छन्। 

मृतक बालकका परिवार र जयराम महत्वको परिवारबीच पहिलेदेखि नै झै झगडा हुँदै आएको थियो। अंश बण्डा गर्दा उनीहरुका बाबु बाजेको पालामा देखिएको विवादका कारण बालकको हत्या गरेको खुलेको छ। जग्गाको साँधको विषयमा पछिल्लो समय पनि उनीहरुको बीचमा झगडा हुँदै आएको थियो। 

घटनाको दिन बालकलाई देखिपछि जयराम महतो कोइरीले संजयरामसँग सल्लाह गरेका थिए। बालक आशनारायणको उनीहरुले सुरुमा मुख थुने। अनि हात खुट्टा समातेर बोकेर नजिकै रहेको छाप्रोमा लगेर हत्या गरेका थिए। गम्छा र कपडाले हातखुट्टा बाँधेर बालकको हत्या गरेपछि उनीहरुले त्यहीँ त्रिपालले छोपेर लाश लुकाएका थिए। 

मंसिर २६ गते राति १२ बजेपछि सो खलियानमा दुवै जनाले लाश निकालेर बोरामा राखेर एक किलोमिटर टाढाको खेतमा परालमा लाश लुकाएको खुलेको छ। 

त्यसपछि आफूहरुलाई शंका नगरुन् भनेर जयराम महतो मृतकका बुबासँग दिउँसो खोजी गर्न गएका थिए। मंसिर २९ गते शव गन्हाउन थालेपछि दुई जना मिलेर राति १२ बजेपछि बोरा लिएर गएका थिए। 

राति जयरामले शव बोरामा लगेर बागमती नदीको किनारमा फालेका थिए। शव बोकेको बोरा उनीहरुले बालुवामा गाडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .