ad ad

अपराध


काठमाडौंमा २ युवालाई छुरा हानेर फरार चारजना रौतहटबाट पक्राउ

एकजनालाई काठमाडौंबाटै समातियो
काठमाडौंमा २ युवालाई छुरा हानेर फरार चारजना रौतहटबाट पक्राउ

नेपालखबर
पुस २०, २०७९ बुधबार १७:५४, काठमाडौँ

काठमाडौंको कोटेश्वरस्थित बागमती करिडोरमा २ जनामाथि छुरा प्रहार गरेर फरार भएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

शनिबार साँझ अपरिचित व्यक्तिहरुले २३ वर्षीय र १८ वर्षीय युवकमाथि अपरिचित व्यक्तिले छुरा प्रहार गरेका थिए। 

छुरा प्रहारबाट घाइते दुवैलाई कान्तिपुर अस्पताल सुविधानगर लगिएको थियो। तर घटनामा संलग्नहरु फरार भएका थिए। 

उनीहरुमध्ये एक जनालाई सुरुमा प्रहरीले काठमाडौंबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि घटनामा संलग्न अन्यको पहिचान भएको थियो।

तर घटनापछि रौतहट पुगेर एक घरमा लुकिरहेका चारजनालाई रौतहट प्रहरीको सहयोगमा पक्राउ गरेर काठमाडौं ल्याइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

पक्राउ पर्नेमा उदयपुरको बेलटारका १८ वर्षीय निश्चल राई, सिन्धुलीको फिकलका १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय मनोज कुँवर, रौतहटको वौधिमाइका १८ वर्षीय धीरेन्द्र यादव र ओखलढुंगा १८ वर्षीय अनिष खत्री छन्। 

उनीहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएका धारिलो हतियार छुरा पनि बरामद गरेको छ। उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .