अपराध


भ्यानका चालकलाई भाडा नदिई कुटेर भाग्दै गर्दा पक्राउ परेका युवकबाट लागुऔषध बरामद

भ्यानका चालकलाई भाडा नदिई कुटेर भाग्दै गर्दा पक्राउ परेका युवकबाट लागुऔषध बरामद

नेपालखबर
पुस २०, २०७९ बुधबार ७:१, सर्लाही

प्रहरीले सर्लाहीको हरिपुरबाट एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।

मंगलबार साँझ हरिपुर नगरपालिका–८ हात्तिसारबाट २० वर्षीय दीपक बैठालाई लागुऔषध नाइट्रोभेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

सर्लाहीकै गोडैता नगरपालिका – ७ घर भई हाल हरिवन नगरपालिका – ९ मा डेरागरी बस्ने बैठाको साथबाट प्रहरीले ७८० पिस नाइट्रोभेट बरामद गरेको छ। 

नवलपुर–मलंगवा सडकमा चल्ने ना १ ज २३८२ नम्बरको म्याजिक भ्यानका चालकलाई भाडा नदिई कुटपिट गरेर भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।

पक्राउपछि खानतलासी गर्दा उनको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .