मधेश प्रदेश प्रहरीले रु १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेको छ।
मधेश प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग रु १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान अधिकृत उमाशङ्कर साहले बताए।
निरीक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग रु १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिँदै आएको थियो।
मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएको र थप अनुसन्धानका लागि मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको हो। रासस
39
Shares
प्रतिक्रिया