अपराध


रडले हिर्काएर सहकर्मीको हत्या

रडले हिर्काएर सहकर्मीको हत्या

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १९:१९, पोखरा

तनहुँमा सँगै काम गर्ने सहकर्मीलाई रडले हिर्काइ हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। 

तनहुँ शुक्लागण्डकी नगरपालिका ४ दुलेगौँडामा रहेको रिमाल अटो केयरमा काम गर्ने देवघाट गाउँपालिका २ क्वादी घर भई दुलेगौडा बस्दै आएका २४ वर्षीय विरम आलेलाई रडले टाउको हानी हत्या गरेको भन्दै नविन कुमार चौधरीलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो।

सर्लाही गौरीशंकर नगरपालिका ५ बगरवा घरभई दुलेगौंडा बस्दै आएका २४ वर्षीय चौधरीले आलेलाई पछाडीबाट आएर टाउकोमा रड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। 

टाउकोमा चोट लागेर घाइते भएका आलेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

‘एक्कासी पछाडीबाट आइ रडले टाउकोसमेतको भागमा हिर्काई घाइते बनाएको रहेछ’, प्रवक्ता खड्काले भने, ‘घाइते अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले उपचारको लागि पोखरा लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो।’ 

आलेको तनहुँ सेवा अस्पताल दुलेगौंडामा सामान्य उपचार गरी थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो। उनको उपचारको क्रममा १ बजेर २५ मिनेटमा मृत्यु भएको खड्काले बताए। घटनामा संलग्न रहेका नवीनकुमार चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad