सर्लाहीको ईश्वरपुरमा शिशुको बेवारिसे शव फेला परेको छ।
इश्वरपुर नगरपालिका–६ स्थित फूलजोर खोलाको बगरमा मंगलबार बिहान अन्दाजी ७ महिना जतिको नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशुको बेवारिसे शव फेला परेको सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
शिशुको शव पोस्टमार्टको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ।
शव पहिचानको लागि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बयलवासका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।
30
Shares
प्रतिक्रिया