अपराध


उदयपुरमा एकै परिवारका तीनजनाको हत्या, खोलामा भेटिए शव

उदयपुरमा एकै परिवारका तीनजनाको हत्या, खोलामा भेटिए शव

हत्यापछि शव खोलामा फ्याँकिएको अवस्थामा। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १७:५२, काठमाडौँ

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ।

बेलका नगरपालिका ७ गोबाटारका बस्नेत परिवारका दम्पत्ती र उनीहरुका एक छोराको हत्या भएको हो। 

गाउँकै एक युवाले खुकुरी प्रहार गरेर हत्या गरेको र उनलाई प्रहरीले पक्राउ गरिसकेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए।

३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र उनीहरुको छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको हो। 

एसपी ज्ञानेन्द्र फूयालसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ।

हत्यापछि फरार रहेका ४० वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको उदयपुरका प्रहरी प्रवक्ता डीएसपी राकेश पोदारले जानकारी दिए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .