ad ad

अपराध


शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै बानेश्वरको नोबेल एकाडेमीमा विरोध प्रदर्शन

शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै बानेश्वरको नोबेल एकाडेमीमा विरोध प्रदर्शन

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ १३, २०७९ सोमबार १०:२८, काठमाडौँ

बानेश्वरस्थित नोबेल एकाडेमीमा शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन भइरहेको छ। 

बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार एकाडेमीका छात्रा विरोधमा उत्रिएपछि घटनाको अनुसन्धान थालिएको छ। 

शिक्षकबाट यौन दुर्व्यवहार भएको भन्दै कक्षा १२ का विद्यार्थीले विद्यालयमा विरोध प्रदर्शन गरेका हुन्। 

‘अहिले हामी पीडित छात्रासँग जानकारी लिइरहेका छौं’, डीएसपी श्रीवास्तवले भने, ‘घटनाबारे अनुसन्धान हुँदै छ।’

घटना अनुसन्धानकै क्रममा रहेकाले उनले आरोपितको नाम खुलाउन चाहेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .