खातामा पर्याप्त रकम नभएको जानी जानी झुक्यानमा पारी चेक दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ घर भइ हाल काठमाडौंको शंखमुल बस्ने वर्ष ३४ को वसन्त मोक्तान भन्ने नोर्साङ लामा रहेका छन्।
लामाले यम बहादुर खत्रीलाई रकम नभएको खाताको चेक दिएर पाँच लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
लामाको नाममा उच्च अदालत पाटन ललितपुरबाट गत २०७८ चैत ६ गते पक्राउ अनुमती समेत जारी भएकोमा प्रहरी टोलीले आइतबार बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर, टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
असार १९, २०७९, आइतबार
प्रतिक्रिया