ad ad

अपराध


श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ

श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ

नेपालखबर
असार १५, २०७९ बुधबार १७:४१, काठमाडौँ

रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने औसयद महमद कवारी श्रीमती हत्या गरेको आरोप पक्राउ परेका छन्।

कवारीकी २१ वर्षीय श्रीमती तराना खातुनले आफ्नै घरको कोठामा पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनको सासु नाजमुन खातुनले देखि उक्त सलको पासो काटी तत्काल चन्द्ननिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालिमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सो घटनाबारे अनुसन्धानको क्रममा खातुनको घाँटी थिची मारेको खुल्न आएको थियो। 

प्रहरीले हत्या आरोपमा कवारीलाई नियन्त्रणमा लिइ रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .