सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले देशभर 'विन्टर फ्री सर्भिस क्याम्प' आयोजना गर्ने भएको छ। सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन मोटोकर्पले आगामी माघ २५ देखि २७ गतेसम्म तीन दिने विशेष क्याम्प सञ्चालन गर्न लागेको हो।
जाडो मौसममा सवारी साधनमा देखिन सक्ने प्राविधिक समस्यालाई मध्यनजर गर्दै कम्पनीले यो अभियान ल्याएको जनाएको छ। चिसोका कारण गाडीको कार्यक्षमतामा ह्रास आउन सक्ने भएकाले समयमै जाँच गराउन ग्राहकलाई सुझाव दिइएको छ।
यस क्याम्पमा सहभागी हुने सुजुकीका ग्राहकले गाडीको निःशुल्क जाँच र मर्मत सम्भारमा विशेष छुट पाउनेछन्। कम्पनीका अनुसार ग्राहकले लेबर चार्जमा २० प्रतिशत तथा स्पेयर पाट्र्स र इन्जिन आयलमा १० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, एसी, हिटर, ब्याट्री र एसडीटी ९क्म्त्० को निःशुल्क जाँच गरिने मोटोकर्पले जनाएको छ।
क्याम्पको मुख्य आकर्षणका रूपमा उपहार योजना समेत राखिएको छ। सहभागी ग्राहकहरूमध्ये 'लक्की ड्र'मार्फत छानिने ८ भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा 'स्टेकेसन प्याकेज' प्राप्त गर्नेछन्।
सुजुकीका देशभर रहेका ५४ वटा सर्भिस आउटलेटबाट यो सुविधा लिन सकिनेछ। कम्पनीले आफ्ना सबै ग्राहकलाई विशेषज्ञबाट सवारी सुरक्षित राख्ने सल्लाह लिन र अवसरको फाइदा उठाउन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया