ad ad

कार


यस्तो छ ५६ लाख ५५ हजार पर्ने टाटाको एचफाइभ एसयूभी

यस्तो छ ५६ लाख ५५ हजार पर्ने टाटाको एचफाइभ एसयूभी

नेपालखबर
भदौ ११, २०७६ बुधबार ६:६,

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतीक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिएको छ। सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ सार्वजनिक गरेको हो। भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ।

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो। बुकिङ्ग खुल्ला भएयता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन्। टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ।

सो अवसरमा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेहिकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने बताए। नेपाली एसयूभीपारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मनपराउने बताए।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ। एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

नेपाली बजारमा टाटा एच फाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एच फाइभ सर्वोत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .