ad ad

कार


भारतीय बजारमा किया सेल्टोसको बिक्री सुरु

भारतीय बजारमा किया सेल्टोसको बिक्री सुरु

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ८:२७,

कियाले एसयूभी सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको छ। सेल्टोसमा पेट्रोल र १.५ लिटर टेक लाइन र १.४ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन, डिजेलमा १.५ लिटर टर्बोचार्ज्ड भएको बजारमा ल्याएको छ।

१.५ लिटर टेक लाइन पेट्रोल इन्जिन र पाँच भेरियन्ट सेल्टोसको लो भेरियन्ट रहेको छ। यसको मूल्य नौ लाख ७९ हजार भारतीय रुपैयाँ रहेको छ। हाइभेरियन्टको मूल्य १३ लाख १९ हजार भारतीय रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

कम्पनीले भेरियन्टमा उपलब्ध १.५ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिनको लो भेरियन्टको मूल्य नौ लाख ९९ हजार र टप भेरिएन्टको मूल्य १५ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ। चार भेरिएन्टमा टर्बोचार्ज्ड पेट्रोल इन्जिन भएको सेल्टोस बजारमा ल्याएको बताएको छ। भेरियन्ट बजार मूल्य १३ लाख ४९ हजार र टप भेरिएन्टको मूल्य १५ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ।

टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, एलइडी फग ल्याम्प, पुल टाइप डोर ह्यान्डल लगायतका विशेषता रहेको किया सेल्टोसमा ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, इन कार वाइफाइ रहेको छ। यसमा डबल फ्रन्ट एयरब्याग,एबीएस, इबीडी, रियर एसी भेन्ट रहको छ।

किया सेल्टोस नर्मल, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा रहेको कम्पनीले जनाएको छ। १.५ लिटर पेट्रोल इन्जिनले ११५ पीएस पावर र १४४ एनएम टर्क उत्पादन गर्ने जनाइएको छ। १.५ लिटर टर्वोचार्ज्ड डिजेल इन्जिनले ११५ पीएस पावर र २५० एनएम टर्क क्षमता दिने बताइएको छ। १.४ लिटर टर्वोचार्ज्ड पेट्रोल इन्जिनले १४० पीएस पावर र २४२ एनएम टर्क शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ।

१७ इन्च अलोय ह्वील, स्टाइलिस एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको एसयूभीको लम्बाई ४३१५ एमएम, चौडाई १८०० एमएम र उचाइ १६२० एमएम भएको कम्पनीले बताएको छ। २६१० एमएम ह्वीलबेस रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .