ad ad

कार


बीवाईडी र टोयोटाले संयुक्त रुपमा विद्युतीय सवारीसाधन निर्माण गर्ने

बीवाईडी र टोयोटाले संयुक्त रुपमा विद्युतीय सवारीसाधन निर्माण गर्ने

नेपालखबर
साउन २७, २०७६ सोमबार ७:३९,

चीनको बीवाईडी कम्पनी लिमिटेड र जापानको टोयोटा मोटर कर्पोरेसन (टोयोटा)बीच विद्युतीय गाडी उत्पादनमा मिलेर काम गर्ने सम्झौता भएको छ। दुई चर्चित कम्पनीले ब्याट्री इलेक्ट्रिक सवारीसाधन (बीईभी) संयुक्त रुपमा उत्पादन र विकास गर्ने सम्झौता गरेका हुन्।

२०२० को पूर्वार्धमै टोयोटा ब्रान्डअन्तर्गत चिनियाँ बजारमा उक्त गाडी ल्याइने बताइएको छ। खासगरी संयुक्त रूपमा सेडानहरू, एसयूभीको उत्पादन गरिनुका साथै ती सवारीसाधनका लागि ब्याट्री विकास गर्नेछन्।

बीवाईडी सन् १९९५ मा ब्याट्री व्यवसायको रूपमा स्थापित गरिएको थियो। यो कम्पनीले विद्युतीय सवारीसाधन मात्र नभई अन्य उत्पादनहरू ठूलो आकारको ऊर्जा भण्डारण कोशिकाको समेत निर्माण गरेको छ। बिल्ड योर ड्रिम्स अर्थात् सपना साकार बनाउनुहोस् भन्ने अर्थमा बीवाईडी कम्पनीको नामकरण गरिएको हो। विद्युतीय सवारीसाधनका लागि नभई नहुने गाडीका पार्टपुर्जा यसले उत्पादन गर्दै आएको छ। ब्याट्री, मोटर, पावर इलेक्ट्रोनिक्सजस्ता वस्तुको उत्पादन कम्पनीले गरिरहेको छ।

सन् २००८ मा बीवाईडी प्लगइन हाइब्रिड इलेक्ट्रिफाईड सवारी साधन (पीएचईभी)को व्यापक उत्पादन बेच्ने विश्वको पहिलो कम्पनी बन्न पुगेको थियो। सन् २०१५ पछि बीवाईडीको बीइभीएस र पीएचइभीएसको बिक्री लगातार चार वर्षको लागि विश्वमा पहिलो स्थानमा रहेको छ।

त्यस्तै सन् १९९७ मा टोयोटा हाइब्रिड इलेक्ट्रिफाइड भेहिकल (एचईभी)को धेरै उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी बन्न पुगेको थियो। त्यसयता विद्युतीय सवारीसाधन विकासमा टोयोटा यसक्षेत्रकै अग्रणी कम्पनी बन्दै आएको छ। टोयोटासँग यस प्रकारका सवारीसाधनको विकास, अनुभव र उत्पादनको लामो इतिहास छ।

विश्वमा बढिरहेको तापक्रम घटाउन दुवै कम्पनीले कार्बनडाइअक्साइड उत्सर्जन घटाउन बीईभी सवारीसाधन प्रयोग विश्वमा बढाउने सहमति समेत गरेका छन्। ग्राहकको आकर्षण बढाउने गरी बीईभीको उत्पादन र विकास गरिने दुवै कम्पनीले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .