ad ad

कार


हेलिकोप्टर स्वरुपमा नानो कार (भिडियो)

हेलिकोप्टर स्वरुपमा नानो कार (भिडियो)

नेपालखबर
साउन २६, २०७६ आइतबार ८:४०,

टाटा कम्पनीको नानो कारलाई मोडिफाई गर्दै एक व्यक्तिले हेलिकोप्टर स्वरुप दिएका छन्।

भारतको विहार प्रदेशका मिथलेस प्रसादले भाइको सहयोगमा नानो कारलाई हेलिकप्टरको स्वरुपमा निमार्ण गरेका हुन्। कारलाई हेलिकोप्टरको स्वरुपमा निर्माण गर्दा झण्डै सात लाख भारतीय रुपैयाँ खर्च भएको उनले बताएका छन्।

‘मेरो सानैदेखि पाइट बन्ने सापना थियो’, मिथलेसले भने, ‘आर्थिक स्थितिका कारण मेरो सपना पूरा हुन सकेन।’ मिथलेसले नयाँ डिजाइनको कार निर्माण गरेर त्यो सपना पूरा गरेको छन्। उनले निर्माण गरेको यो कारलाई बच्चाहरुले धेरै नै मन पराए छन्।

यो कार घेरैजसो बच्चाहरुले मनपराउनु भएको छ’, उनले भने, ‘यसलाई हेर्न टाढाटाढाबाट आउने गर्नुभएको छ।’ यो कार जहाँ पनि जान्छ यो त्यस ठाँउमा हेर्ने मानिसहरुको भिड लाग्ने गर्छ। हेलिकोप्टरको स्परुपको कारलाई देखेर मानिसहरुको आर्कषित हुने गरेका छन्।

यसमा फ्रन्टमा ब्रेक, पुरानाको तुलनामा लाइट बेजल, फ्रन्टमा एलर्इडी लाइट, साइडमा प्यानल लागाइएको छ भने रोटर ब्लेड, रोटर मास्ट, हेलिकप्टरको जस्तै टेल, टेल ल्याम्प लगायतका पार्टस रहेको छ भने नानो कारको बडी रहेको छ। सन् २००९ मा नानो कार बजारमा आएको थियो बजारमा आएको नानो कारको टाटा कम्पनीले हाल उत्पादन बन्द गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .