ad ad

राजनीति


लोकसेवाको विज्ञापन असंवैधानिकः पूर्व सभामुख घर्ती

लोकसेवाको विज्ञापन असंवैधानिकः पूर्व सभामुख घर्ती

नेपालखबर
साउन २६, २०७६ आइतबार ८:३६,

पूर्व सभामुख एवं प्रतिनिधि सभा सांसद ओनसरी घर्तीले लोकसेवा आयोग र स्थानीय तहले कर्मचारी भर्नाका लागि असमावेशी तरिकाले विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य गलत भएको बताएकी छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २०औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशीताको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि घर्तीले स्थानीय तहले समावेशी प्रक्रिया मिचेर कर्मचारी भर्ना गर्ने गलत कार्य गरेको बताइन्।

‘असमावेशी र असमानुपातिक रुपमा विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य असंवैधानिक छ’, उनले भनिन्, ‘विभेद र उत्पीडनमा परेका आदिवासी जनजाति, महिला, दलित समुदायलाई त्यसले थप पीडा दिएको छ।’

समावेशी र समानुपातिक नीतिको पक्षमा आफु सधैं लडिरहने बताउँदै सांसद घर्तीले त्यसबाट नै देशको समावेशी विकास हुने बताइन्।

‘सभामुख भैसकेको व्यक्ति जातीय कुरा गर्नुहुन्छ भनेर गुनासो गरेको पनि मैले सुनेको छु’, घर्तीले थपिन्, ‘म जुन क्षेत्रबाट आएको हुँ, त्यसक्षेत्रको अधिकारका लागि मैले चासो नदिए कसले दिन्छ?’

प्रेस स्वतन्त्रताको नाममा अहिले विकृती पनि देखिएको भन्दै घर्तीले पत्रकारहरू थप जिम्मेवार र सचेत हुनुपर्ने सुझाव दिइन।

‘देश र जनताप्रति मिडिया क्षेत्र सधैं जिम्मेवार र संवेदनशील हुनुपर्छ’, आदिवासी जनजाती पत्रकारहरूको छाता संस्था फोनिजको वार्षिकोत्सवमा उनले भनिन्, ‘लाइक र शेयरको नम्बर बढाउने भन्दा सत्य र तथ्यमा जोड दिनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .