ad ad

कार


रहेनन् 'फोर्ड मुस्ताङ' कारका परिकल्पनाकार लि इकोका

रहेनन् 'फोर्ड मुस्ताङ' कारका परिकल्पनाकार लि इकोका

नेपालखबर
असार १८, २०७६ बुधबार १५:२४,

फोर्ड मुस्ताङका परिकल्पनाकार तथा कार निर्माता कम्पनी क्राइस्लरलाई बैंकको ऋणमा डुब्नबाट बचाएका कार उद्यमी लि इकोकाको ९४ वर्षको उमेरमा मृत्यु भएको छ । बीबीसीका अनुसार अमेरिकी सञ्चारमाध्यमलाई लिका परिवारले बताएअनुसार पार्किन्सन रोगबाट पीडित लिको लस एन्जेलसस्थित आफ्नै घरमा मृत्यु भएको हो ।

उनको मृत्युमा कम्पनीले समेत निकै दुःखी भएको जनाएको छ । ‘उहाँले क्राइस्लरलाई संकटमोचन गर्न र सच्च प्रतिस्पर्धी बनाउन खेल्नुभएको भूमिका एतिहासिक छ’, फियाट क्राइस्लर अटोमोबाइलले भनेको छ, ‘उहाँ हाम्रो कम्पनी र समग्र कार उद्योगकै महान नेतृत्वकर्ता हुनुहुन्थ्यो ।’ लिको परिकल्पनामा नै अहिलेसम्म कम्पनी चलिरहेको बताउँदै कम्पनीले उनको परिश्रम र समर्पणलाई सम्झिएको जनाएको छ । ford mustang 2

सन् १९२४ मा अमेरिकाको पेनिसिल्भानिया राज्यको एलेनटाउनमा इटालेली आप्रवासीको रुपमा जन्मिएका उनले सन् १९४६ मा फोर्ड मोटर कम्पनीमा इन्जिनियरको रुपमा आफ्नो उद्यमी जीवन सुरु गरेका थिए । सन् १९५० को मध्यतिर उनैले कम्पनीको मार्केटिङ सुरु गरे जसले कम्पनीका कार्यकारीको ध्यानाकर्षण गरायो । त्यसपछि कम्पनीको मुख्यालय मिसिगनको डियरबर्नमा पुनस्र्थापना गरिएको थियो । सन् १९६४ मा उनले फोर्ड मुस्ताङको डिजाइन गरेर सार्वजनिक गरे । जुन गाडी पहिलो वर्षमै ४ लाख १९ हजारवटा बिक्री भएको थियो । उक्त कारलाई अमेरिकाकै महत्वपूर्ण कारको रुपमा लिने गरिन्छ ।

ikoka fiya chrysler

तर यसका बाबजुद उनलाई कम्पनीले सन् १९७८ मा कम्पनीका प्रमुख हेनरी फोर्ड द्वितीयलाई गलहत्याएर आफू नै प्रमुख बन्न षड्यन्त्र गरेको आरोप लगाउँदै निकालिएको थियो । तर त्यसको एक वर्षमै सन् १९७९ मा इकोकाले क्राइस्लर कर्पोरेसन कम्पनीमा काम सुरु गरे । त्यतिबेला उक्त कम्पनी बैंक ऋणमा डुबेर नउत्रिने अवस्थामा पुगिसकेको थियो । उनकै नेतृत्वमा कम्पनी पुनर्संरचित हुनपुग्यो । सो क्रममा संघीय सरकारको जमानीमा १ अर्ब ५० करोड डलर ऋण लिएपछि कम्पनीले पुनर्जीवन पाएको थियो ।

fiat chrisler

उनले कम्पनीमा सुधार आउँदै गर्दा एक वर्षसम्म १ डलर मात्र तलब लिएका थिए । सन् १९८३ मा उनले सरकारी ऋणबाट मुक्त भएको घोषणा गर्दै सात वर्ष म्याद सकिनुअगावै ऋणमुक्त भएको बताए । तर ८० को दशकको अन्त्यतिर पुनः कम्पनी संकटोन्मुख हुनथाल्यो । हजारौँ कर्मचारीलाई यसले चिन्तित बनायो । तर पुनः सन् १९९२ मा कम्पनी नाफामा गयो । त्यसपछि उनले क्राइस्लर छोडे ।
इकोकाले तीन पटक बिहे गरेका थिए । उनको पहिलो श्रीमती म्यारीको सन् १९८३ मा मृत्यु भएको थियो । त्यसलगत्तै उनले फेमिली फाउन्डेसनको स्थापना गरेका थिए । बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .