ad ad

कार


टेस्लाको चीनमा बनेको पहिलो कार ‘मोडल ३’

टेस्लाको चीनमा बनेको पहिलो कार ‘मोडल ३’

नेपालखबर
पुस १६, २०७६ बुधबार ८:५३,

सवारीसाधन निर्माता अमेरिकी कम्पनी टेस्लाले चीनमा बनेको आफ्नो पहिलो कार डेलिभर गरेको छ । कम्पनीले यसलाई कोशेढुंगा पार गरेको रुपमा लिएको जनाएको छ । शांघाईनजिकै रहेको गिगाफ्याक्ट्रीमा निर्माण भएको कम्पनीको पहिलो कार फिप्टिन मोडल ३ सेडान डेलिभर गरेको हो ।

रोयटर्सका अनुसार विश्वकै ठूलो कार बजारमा प्रभुत्व जमाउने लक्ष्यसहित कम्पनीका प्रमुख एलन मस्कले चीनमै कार कारखाना निर्माण गरेका थिए । अमेरिका र चीनबीच व्यापार युद्धको कारण कतिपय कम्पनीले चीन छोडिरहेका बेला टेस्लाले चीनमा कारखाना नै निर्माण गरेको छ ।

उक्त कारखानामा कम्पनीले अर्बौँ डलर लगानी गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई मागबमोजिम १५ वटा कार डेलिभर गरेको हो । कारखाना निर्माणको एक वर्षमै कम्पनीले कार उत्पादन थालेर व्यवसाय सुरु गरेको हो । टेस्लाको मुख्यालय भने अमेरिकाको क्यालिफोर्नियामा रहेको छ । कम्पनीले नयाँ वर्षदेखि मागबमोजिमको कार डेलिभरी गर्ने जनाएको छ । चीनमा बनेको कम्पनीको मोडल ३ को मूल्य ५० हजार अमेरिकी डलर रहेको छ ।

कम्पनीले स्थानीय कम्पनीहरु एनआईओ, सपेंग मोटर्स, बीएमडब्ल्यू, मर्सिडिज बेन्जजस्ता चर्चित विश्व कम्पनीहरुसँग समेत चीनमा प्रतिस्पर्धा गर्नुपर्नेछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .