ad ad

बाइक


एनआईयू नेपाल आएको दुई वर्ष पूरा, इकोले मनायो दोस्रो वार्षिकोत्सव

एनआईयू नेपाल आएको दुई वर्ष पूरा, इकोले मनायो दोस्रो वार्षिकोत्सव

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ९:५८,

एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालको अधिकृत बिक्रेता कमपनी इको इन्फिनिटी प्रालिले दोस्रो वार्षिकोत्सव मनाएको छ। दुई वर्षे अवधिमा नेपालमा कम्पनीले एनआईयूका ५ सय स्कुटर बिक्री गरिसकेको जनाएको छ। एनआईयू विश्वकै स्मार्ट इलेक्ट्रिक स्कुटर निर्माणमा अग्रणी कम्पनी हो।

विगत पाँच वर्षमा कम्पनीले १० लाख विद्युतीय स्कुटर ४० देशमा बिक्री गरिसकेको छ। इको इन्फिनिटी प्रालिका प्रज्ञान राजभण्डारीले एनआईयू नेपाललाई सहयोग गर्ने ग्राहकलाई आभार व्यक्त गरे। दुई वर्षमा कमपनीका स्कुटरले १० लाख किमि गुडिसकेको कम्पनीले जनाएको छ। यसले नेपालीको ३७ लाख १० हजार रुपैयाँ इन्धन खर्च जोगिएको पनि कम्पनीले दाबी गरेको छ। आफ्ना स्कुटर प्रयोग गर्ने ग्राहकले वर्षमा ५० हजार रुपैयाँ बचत गर्ने कम्पनीको दाबी छ। दुई वर्षमै कम्पनीले नेपालमा आफ्ना स्कुटरले पहिलोपटक नम्बर प्लेट पाएको पनि जनाएको छ।

कम्पनीका अनुसार काठमाडौंमा माइतीघर, नक्सालमा शोरुम रहेको छ भने बुटवल, इटहरी र पोखरामा पनि एक÷एक वटा शोरुम खुलेका छन्। कम्पनीले नेपालमा सेवासञ्चालन विस्तार गर्ने योजना पनि अघि सारेको छ। कम्पनीका अनुसार एनआईयूका स्कुटर खरिद गर्ने ग्राहकलाई क वर्गका सात बैंकबाट महिनाबारी किस्ता तिर्ने गरी फाइनान्स सुविधा उपलब्ध रहेको छ। महिनामा ग्राहकले ७ हजारसम्म न्यूनतम किस्ता तिर्न सक्नेछन्। आफ्नो प्रवेशले नेपाली ईभी उद्योगमा क्रान्ति नै ल्याएको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .