ad ad

बाइक


२ लाख ६४ हजार पर्ने टीभीएस अपाचे आरटीआर रेड एडिसन बजारमा

२ लाख ६४ हजार पर्ने टीभीएस अपाचे आरटीआर रेड एडिसन बजारमा

नेपालखबर
भदौ २२, २०७६ आइतबार ११:३३,

टीभीएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर र थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनीले उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनलाई नेशनल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) अटो शो २०१९ को दौरान नेपालमा सार्वजनिक गरेको छ।

टीभीएस अपाचे आरटीआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ्ग परम्पराको गौरवमय ३७ वर्षको एक घनीभूत विश्वमै लोकप्रिय उपलब्धि हो र युवा पुस्ताहरुमा यसलाई लक्षित गरिएको कम्पनीले जनाएको छ। अभूतपूर्व रेसिङ्ग डिकल्स, थ्रीडी लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ । यसैगरी उच्च ग्रिप टायरहरुका साथ पांग्रामा भएको नयाँ पिनस्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ्ग अनुभूतिमा कुनै सम्झौता नगरेरै बाइक चलाउने अनुभव प्रदान गर्दछ ।

समारोहमा सम्बोधन गर्दै टिभिएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष आर.दिलिपले युवालक्षित गरी टीभीएस अपाचे आरटिआर १६० २भि रेस एडिसन नेपालमा ल्याएको बताए। उनले भने, ‘देशमा रहेका युवाहरुमाझ टीभीएस मोटरका उत्पादनहरुप्रति थप उत्साह जगाउने विश्वास हाम्रो रहेको छ। गहन रेसिङ्ग परम्पराद्वारा समर्थन प्राप्त यो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङ्ग सौखिनहरुलाई आकर्षित गर्नेछ।’ सोही अवसरमा जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक शाहिल अग्रवालले नेपालमा टीभीएस अपाचे आरटिआर १६० २भि रेस एडिसन भित्र्याउन पाएकोमा हर्षित भएको बताए। उनले भने, ‘यो प्रिमियम ब्राण्डको बिक्री वितरण उत्कृष्ट बिक्री परामर्श र अत्याधुनिक बिक्रीपछिको सेवा एवं स्पेयर्स सपोर्ट मार्फत् गरिनेछ । हामी निरन्तर सहकार्य गरिरहनेछौं र नेपालमा टिभिएस मोटर कम्पनीलाई मजबुत टू–ह्वीलर ब्राण्ड बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं।’

मोटरसाइकलको गुणलाई नियाल्दा टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनमा १५९.७ सिसिको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयर–कूल्ड इन्जिन जडान गरिएको छ र यसले ६५००(+ ३००) आरपिएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपिएममा १५.१२ पिएसको अधिकतम शक्ति उत्सर्जन गर्दछ । यसका अतिरिक्त मोटरसाइकलले शक्ति र वजनको उत्कृष्ट अनुपात प्रदान गर्दछ तथा ५.१५ सेकेण्डमा ०–६० किमिप्रतिघण्टाको गति दिलाउँछ ।

एक शक्तिशाली इन्जिन र स्टाइलिस बनावटको जोडीले मोटरसाइकललाई सम्पूर्ण सबल प्याकेजको बनाएको छ । टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन सबै टिभिएस जगदम्बा शोरुमहरुमा उपलब्ध हुनेछ । यसको हालको बजार मूल्य दुई लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .