अटोखबर

Tata MotorsTata Motors

रोयल एनफिल्ड मोटरसाइकल तीन मिनेटमै २ सय ५० युनिट बिक्यो!


नेपालखबर
काठमाडौं, साउन १२

रोयल एनफिल्ड मोटरसाकल बजारमा राखिएको तीन मिनेटभित्रै २ सय ५० युनिट बिक्री भएको छ। रोयल एनफिल्डले बजारमा सार्वजनिक भएको मोटरसाइकल क्लासिक ५००को भारतमा बिक्रीका लागि घोषणा गरेको थियो।

यसको बिक्री २५ जुलाईमा अनलाइन बुकिङका लागि खुल्ला गरिएको थियो। यो १ सय ८० सेकेन्ड (तीन मिनेट)मा यसको २ सय ५० वटा मोटरसाइकल बिक्री भएको कम्पनीले बताएको छ। रोयल एनफिल्डले विश्वबजारका लागि क्लासिक ५०० ल्याएको थियो र कम्पनीले यो मोडलको मोटरसाइकल एक हजार थान उत्पादन गरेको बताएको छ। यसको २५० युनिट भारतमै बिक्रीका लागि ल्याइएको थियो।

कम्पनीका अनुसार क्लासिक ५०० को आधार बनाएर नै भिन्टेज टच नयाँ उत्पादन गरिरहेको जनाएको छ। यो मोटरसाइकलमा धेरै परिवर्तन गरिएको छ। कम्पनीका अनुसार दोस्रो विश्वयुद्धका क्रममा प्रयोग भएको फ्लाइङ फ्ली मोटरसाइकलबाट प्रेरित भएर यो सीमित संस्करण बजारमा ल्याएको बताएको छ।

यो संस्करणको मोटरसाइकल १ सय ९० युनिट बेलायतमा बिक्री गरिने बताइएको छ। मोटरससाइकलमा ४ सय ९९ सीसीको एयर कूल्ड, सिंगल सिलिन्डर इन्जिन दिएको छ। यो बाइकले ५२ सय ५० आरपीएममा २७.२ बीएचपी पावर र ४१.३एनएम पिक टर्क जेनरेट गर्ने क्षमता राख्छ।

यस्तै, मोटरसाइकल तौल १ सय ९४ किलो रहेको छ। दुवै मोटरसाइकल ब्राउन हिलबार ग्रिप्स, एयरफिल्टरको साथमा लेदर स्ट्रिप र कालो साइलेन्सर रहेको जनाइएको छ। यसको मूल्य २ लाख ४० हजार भारतीय रुपैयाँ रहेको छ।

साउन १२, २०७६, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors