ad ad

बाइक


एनआईयूले ल्यायो स्मार्ट इ–स्कुटर, सुरूवाती मूल्य ३ लाख ९८ हजार

एनआईयूले ल्यायो स्मार्ट इ–स्कुटर, सुरूवाती मूल्य  ३ लाख ९८ हजार

नेपालखबर
असार २४, २०७६ मंगलबार १०:५८,

एनआईयू कम्पनीले स्मार्ट विद्युतीय स्कुटर बजारमा ल्याएको छ। नेपाली बजारलक्षित गरी स्मार्ट इ–स्कुटर ‘एन–जीटी’ सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

एन–जीटी स्कुटरमा साटफेर गर्न मिल्ने ६०भी३५एएच लिथियम इअन ब्याट्री रहेको छ। यो ब्याट्री साढे ३ घण्टामा चार्ज हुने कम्पनीको भनाइ छ। त्यस्तै बोस्च ३०००डब्ल्यू इलेक्ट्रोमिटर, १ सय ३० किमिको रेन्जमा ७०किमि प्रतिघण्टा गतिको म्याक्स स्पिड रहेको छ। नयाँ स्कुटरले कम्पनीले ल्याउने भनेको विद्युतीय दुईपांग्रे सवारीसाधनको प्रतिबद्धता पूरा गरेको कम्पनीको भनाइ छ।

सबै स्कुटरमा प्रिपेड सिमकार्ड राखिएको छ जसले एनआईयू एपसँग जोडिराख्ने र जीपीएस, एन्टि थेप्ट ट्राकिङ, रिमोट ट्राकिङ हुने भएकाले स्कुटीबारे ग्राहकले ठीक समयमा थाहा पाइराख्ने कम्पनीले जनाएको छ। एनआईयूका सहसंस्थापक टोकेन हुले स्कुटरले नेपाली जीवनशैलीमा परिवर्तन ल्याउने दाबी गरे। कम्पनीले विश्वव्यापी रुपमा १० लाख स्कुटी बेचिसकेको छ भने ४० देशका ३ अर्ब किमि क्षेत्रमा यात्रा तय गरिसकेको कम्पनीले जनाएको छ। सन् २०१५ मा पहिलोपटक स्कुटर लन्च गरेको कम्पनी २० महिनाअघि मात्रै नेपाल प्रवेश गरेको थियो।

पेट्रोलियम स्कुटरमा भन्दा न्युका स्कुटर प्रयोग गर्नेले ५० हजार वार्षिक रुपमा बचत गर्न सक्ने कम्पनीको दाबी छ। कम्पनीको स्कुटर नेपालमा इको इन्फिनिटीले बेच्दै आएको छ। इकोका निर्देशक प्रगुन राजभण्डारीले स्कुटर नेपालका लागि अति नै उपयोगी रहेको दाबी गरे।

नेपालमा कम्पनीका स्कुटरले ५ लाख किमि क्षेत्रमा एक वर्षमा यात्रा तय गरिसकेको कम्पनीले जनाएको छ। त्यस्तै, इन्धनमा एक वर्षमा नेपालीको १६ लाख बचत भएको कम्पनीको दाबी छ।

 स्कुटरकाे सुरूवाती मूल्य भदाैमा हुने नाडा अटाे शाेसम्मका लागि ३ लाख ९८ हजार रूपैयाँ रहेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .