बिहीबारको तुलनामा शुक्रबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको छ।
बिहीबार सोही समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो भने पुनः बिहान ८:४५ बजे मापन गर्दा केही घटेर ५.६ डिग्री सेल्सियस देखिएको थियो।
आज पनि बिहान ८:४५ बजे पुनः न्यूनतम तापक्रम मापन गरिनेछ। त्यतिबेला अहिलेको भन्दा केही घट्ने सम्भावना हुन्छ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् झाले बताए। बिहीबार उपत्यकाको अधिकतम तापक्रम १७.३ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
देशभरको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु, स्थल र हवाई यातायात प्रभावित हुनसक्ने अनुमान
Shares
प्रतिक्रिया