ad ad

बागमती


काठमाडौँमा घटेन चिसो, तापक्रम कति?

काठमाडौँमा घटेन चिसो, तापक्रम कति?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
मंसिर २५, २०८० सोमबार ६:३४, काठमाडौँ

आज (सोमबार) बिहान पनि काठमाडौँ उपत्यकामा चिसो महसुस भएको छ। 

मौसम महाशाखाका मौसमविद् मीनकुमार आर्यालका अनुसार काठमाडौँ उपत्यकामा आज बिहान पनि हिजैको हाराहारीमा चिसो छ। बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो।

हिजो (आइतबार) पनि उक्त समयमा यत्ति नै न्यूनतम तापक्रम देखिएको थियो। तर बिहान ८:४५ बजेको मापनमा अझ घटेर उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको थियो। जुन यस वर्ष अहिलेसम्मकै कम तापक्रम हो। 

मौसमविद्का अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे प्रकाशन हुनेछ। तर बिहान ५:४५ बजे लिइएको तापक्रमभन्दा धेरै तलमाथि हुँदैन। 

मौसमविद् अर्यालयका अनुसार यतिबेला (सोमबार बिहान) काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली भएको छ। 

‘आज दिनभर यहाँको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ’, उनले भने, ‘दिउँसो घाम लाग्ने सम्भावना छ।’  

देशभरका लागितीन प्रदेशका उच्च भूभागमा आज हिउँ पर्ने सम्भावना

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .