रसुवामा प्रारम्भिक मतगणनामा कांग्रेसका मोहन आचार्य अग्रस्थानमा छन्।
रसुवाको कालिका गाउँपालिका–१ को १ हजार ६३७ मतगणना हुँदा आचार्यको पक्षमा ६८९ मत प्राप्त भएको छ।
उनलाई रास्वपाका वसन्त भट्टले ५३८ मतले पछ्याइरहेका छन्।
नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर तामाङले २३५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका माधव प्रसाल लामिछानेले ३४ मत प्राप्त गरेका छन्।
मतगणना जारी छ।
858
Shares

प्रतिक्रिया