बागमती


दोलखामा हवाई फायर, मतदान रोकेर सर्वदलीय बैठक बस्दै

दोलखामा हवाई फायर, मतदान रोकेर सर्वदलीय बैठक बस्दै

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १०:२९, काठमाडौँ

दोलखाको तामाकोसी गाउँपालिका-४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। 

मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि हवाई फायर भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए।

उनका अनुसार विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो।

हाल अवस्था नियन्त्रणमा आएको र मतदान प्रक्रिया अगाडि बढाउन सर्वदलीय बैठक बसिरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad