बागमती


तामाकोसी दुर्घटनामा ज्यान गुमाएका बसधनी दीपेश रास्वपाका नेता, ६ महिनाअघि मात्रै किनेका थिए बस

तामाकोसी दुर्घटनामा ज्यान गुमाएका बसधनी दीपेश रास्वपाका नेता, ६ महिनाअघि मात्रै किनेका थिए बस

सुनिता विष्ट
माघ २७, २०८२ मंगलबार १९:७, हेटौँडा

रामेछापको तामाकोसीमा बस दुर्घटना भएर ज्याने गुमाउने १२ जनामध्येका एक हुन् दीपेश बस्नेत।

मंगलबार (आज) बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुलनजिकैबाट तामाकोसीमा खसेको थियो।

दुर्घटनामा परेर ज्यान गुमाउने दीपेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापको लिखु तामाकोसी गाउँपालिकाको संगठन विभाग प्रमुख हुन्। 

वैदेशिक रोजगारीका लागि कतार गएर एक वर्षअघि मात्रै फर्किएका दीपेश उक्त बसका धनी समेत रहेको रास्वपा जिल्ला निर्वाचन क्षेत्रीय समितिका सदस्य रमित मानन्धरले जानकारी दिए। उनका अनुसार दीपेशले ६ महिनाअघि मात्रै उक्त बस किनेका थिए। 

‘बस चालक र सहचालक अरु नै राखेका थिए,’ मानन्धरले नेपालखबरसँग भने, ‘कहिलेकाहीँ बसमा हिँड्ने गरेका थिए। आज पनि प्यासेन्जर लिएर ओखलढुंगा जान लागेका रैछन्। रामेछाप बजार कट्ने बित्तिकै यस्तो घटना घट्यो।’ 

दीपेश रास्वपाका अनुशासित कार्यकर्ता रहेको मानन्धर बताउँछन्। 

दीपेश र उनका परिवार काठमाडौँ बस्दै आएका थिए। आज बिहान उनी काठमाडौँबाटै बसमा आएको लिखु तामकोसी गाउँपालिका–४ का कार्यवाहक वडा अध्यक्ष राजेश तिमल्सिनाले जानकारी दिए।

तिमल्सिनाका अनुसार दीपेश बुवा टेकबहादुर बस्नेत र आमा राधिकाका कान्छा छोरा हुन्। उनको १३ वर्षकी छोरी, १० वर्षका छोरा र श्रीमती छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad