बागमती


मकवानपुरमा २ सिटका लागि ४४ जनाको उम्मेदवारी

मकवानपुरमा २ सिटका लागि ४४ जनाको उम्मेदवारी

सुनिता विष्ट
माघ ६, २०८२ मंगलबार २२:१८, हेटौँडा

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरको दुवै क्षेत्रको लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा २ सिटको लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  

विभिन्न राजनीतिक दलबाट २९ जना र १५ जना स्वतन्त्र समेत गरी दुई क्षेत्रका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

मकवानपुर–१ का लागि नेकपा एमालेका रामेश्वर राना, नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रकाश गौतम, श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठ, प्रगतिशिल लोकतान्त्रिक पार्टीका तेजप्रसाद उप्रेती (रमेश) ले उम्मेदवारी दर्ता गराएका हुन्। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक बहादुर सिंह, जनता समाजवादी पार्टी (जसपा)बाट दीपक सिन्तान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट महेश नेपाली, मंगोल नेशनल अर्गनाइनेसनका युवराज लामा, नेपाल मजदुर किसान पार्टीकी रंजना सुवाल मकजु, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा र जनता समाजवादी नेपालका रुपक लामाले उम्मेदवारी दर्ता गराएका हुन्। 

मकवानपुर–१ का लागि राजनीतिक दलका यी १३ जना सहित १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। जसमा ज्ञान सागर लामा, सुशिला सुवेदी, राजाराम बोगटी, राज कुमार खड्का, राकेश कुमार शर्मा, मठु पुलामी मगर, प्रमिला कुमारी खतिवडा, अमर दंगाल, अमिक परियार र टिका प्रसाद चौलागाईँ छन्। एक जना प्रतिनिधि चुन्नका लागि हुने निर्वाचनका लागि मकवानपुर–१ बाट मात्रै २३ जनाको उम्मेदवारी परेको हो। 

यता, मकवानपुर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेका महेश कुमार बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादु थोकर, रास्वपाबाट प्रशान्त उप्रेती, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट दिपक विष्ट, श्रम संस्कृति पार्टीबाट युनेश लामा स्याङ्तानले उम्मेदवारी दर्ता गराएका छन्। 

जनता समाजवादी पार्टीबाट छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाबाट निर बहादुर सिन्तान, उज्यालो नेपाल पार्टीबाट प्रविन कुमार स्याङ्तान, नेकपा माओवादीबाट राम घलान, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेशनल रिपब्लिक पार्टीबाट सूर्य तामाङ बल, आम जनता पार्टीबाट सूर्य राई र मंगोल नेशनल अर्गनाइजेनबाट हिरा लाल स्याङतानले उम्मेदवारी दर्ता गराएका हुन् । 

यस क्षेत्रका लागि ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसमा अमृत बल, कृष्ण राम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया बलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। 

मकवानपुरका लागि नयाँ दलहरुका नयाँ अनुहार देखि पुराना दलहरुको पाका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्। दुई निर्वाचन क्षेत्रमध्ये मकवानपुर–१ मा भने चुनावी माहोल अझ रोचक बन्ने देखिन्छ।

२०७९ को निर्वाचनमा यसक्षेत्रबाट उम्मेदवार बनेका राप्रपाका दिपक बहादुर सिंह, नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेकपाका युवा नेता विजय गौतम र रास्वपाबाट प्रकाश प्रकाश गौतम चुनावी मैदानमा होमिएका हुन्। यी जनालाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ। 

यता, मकवानपुर–२ मा एमाले नेता महेश बर्तौला, नेकपाबाट थाहा नगरपालिकाका पूर्व मेयर लवशेर विष्ट, कांग्रेसका उम्मेदवार बुद्ध लामा र रास्वपाको जेन–जी उम्मेदवार प्रशान्त उप्रेतीलाई मुख्य प्रतिस्पर्धिको रुपमा हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad