हेटौँडा बजार क्षेत्रमा सडक विस्तार प्रक्रिया तीव्र पारिएको छ।
सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानैदेखि सडकको चौडाइ २५ मिटर पार्न अतिक्रमित क्षेत्रका संरचनामा डोजर चलाएको हो।
कार्यालयले हेटौँडा-१० स्थित राप्ती रोड क्षेत्रमा सडक सीमाभित्र बनाइएका घर, पसल तथा विविध सार्वजनिक-निजी भवन भत्काउन जेसीभी मेसिन प्रयोग गरेको हो।
डोजर सञ्चालनका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सडक डिभिजनका अनुसार महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको करिब ९.५ किलोमिटर लामो खण्डमा रहेका अवैध संरचना चरणबद्ध रूपमा हटाइँदै छन्।
यसअघि सडक डिभिजनले १५ दिने सार्वजनिक सूचना जारी गरी मंसिर १९ भित्र सडक दायाँबायाँ २५–२५ गज क्षेत्रमा रहेका घर, निर्माण सामग्री, पर्खाल तथा अस्थायी व्यापारिक टहरा हटाउन भनेको थियो।
तर समयसीमा भित्र संरचना नहटाइएपछि आजदेखि डोजर लगाएर भत्काउन थालिएको हो।
डिभिजन कार्यालयले सडक विस्तारपछि हेटौँडा बजार क्षेत्रमा यातायात व्यवस्थापन सहज हुने, सवारी जाम र जोखिम कम हुने अपेक्षा गरेको छ।











Shares

प्रतिक्रिया