दोलखाको शैलुङ गाउँपालिका–८ मा भएको भएको दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गोरखा स्थायी घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका बस्दै आएकी ६० वर्षीया एकुमाया अर्यालको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको शैलुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए।
अन्य घाइतेहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ।
काठमाडौँको चन्द्रागिरीबाट रिजर्भ लिएर गएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको इभी गाडी दुर्घटना भएको हो।
शैलुङ घुमेर काठमाडौँ फर्कने क्रममा इभी गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडीमा सवार १४ जनामध्ये १३ जना घाइते भएका थिए।
ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोमा अर्यालको मृत्यु भएको हो।
Shares

प्रतिक्रिया