अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिने यस पर्व हेटौँडामा पनि हर्षोल्लासका मनाइएको छ।
हेटौंडामा छठ पूजाका हेटौँडा–१ स्थित राप्ती नदी तटमा छठघाट निर्माण गरिएको छ। छठ पूजालाई भव्य रूपमा मनाउन राप्तीतटमा ६ सय फिट लामो पण्डाल बनाइएको छ।
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने प्रचलन छ। पूजासामग्री तथा श्रद्धालुभक्तजनले राप्ति किनार भरिएको छ।
छठ पूजाको लागि छठ पूजा मूल समारोह समितिले ६ सय फिट लामो पण्डाल तयार गरिएको छ।
आजको दिनमा सूर्यलाई चढाउन ल्याइएको सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाएर अर्घ्य दिइन्छ। यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ।












Shares

प्रतिक्रिया