बागमती


कपन पैयुटारमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

कपन पैयुटारमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
असोज २६, २०८२ आइतबार ११:३५, काठमाडौँ

काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवकको आज (आइतबार) बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, ‘गएराति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए। उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad